मोरङमा आफनै काकाले गरे बलात्कारपछि नाबालिकाको हत्या
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की नाबालिकाको हत्यामा आफ्नै काकाको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो ।
अनुहार, घाँटीलगायत शरीरका विभ...











