चीनको अस्पतालमा आगलागी हुदाँ जलेर २० को मृत्यु
काठमाडौं / उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको एउटा दुखद दुर्घटना भएको छ ।
मंगलबार राति करिब ९ बजे चेङ्दे सहरको लङहुआ काउन्टीमा आगलागी भएको हो । धेरै प्रयासपछि मात्रै त्यो आगो निभाउन सकिएको थियो ।
आपतकालिन निकायका अधिकारीहरुले बुधबार यो जानकारी दिएका हुन् ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बुधबार बिहानसम्म क...











