विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित २ जना नियन्त्रणमा लिएको छ ।
साँगुरीगढी ८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक १ थान र बारुदसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बन्दुक र बिस्फोटकसहित स्थानीय तेज कुमार बिक र मनभा राई पक्राउ परेको धनकुटा प्रहरीका नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।


















