विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् । विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन,’ उनले भने ‘अहिलेको आवश्यकतासँग मेल खान्छन् कि खाँदैनन्, र परिवर्तनको पक्षमा छन् कि छैनन् भन्ने आधारमा विश्लेष्ण गर्नुपर्छ ।’उनले राजतन्त्रको पुनस्र्थापनाको सम्भावना नरहेको पनि जिकिरि गरे । खारेज नेपालमा राजा फर्कने कुनै सम्भावना नै नरहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया