सुनकाे मूल्य घट्ने क्रम जारी

सुनकाे  मूल्य घट्ने क्रम जारी
काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रु...

मोरङ, झापा र सुनसरीमा नयाँ सीडीओ

मोरङ, झापा र सुनसरीमा नयाँ सीडीओ
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गर्दा उनको पनि सरुवा भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको धनुषा सरुवा भएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर पठाइएको छ । बर्दियामा कार्यरत सुरे...

सुनको भाउ एकैदिन ११ हजार ६ सय घट्यो

सुनको भाउ एकैदिन ११ हजार ६ सय घट्यो
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको ...

यी चारजना बन्दैछन् मन्त्री, सपथको तयारी

यी चारजना बन्दैछन् मन्त्री,  सपथको तयारी
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ ।आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय...

लेटाङको जंगलमा अंशुको बीभत्स शव : अनुसन्धानमा विशेष टोली परिचालन

लेटाङको जंगलमा अंशुको बीभत्स शव :  अनुसन्धानमा विशेष टोली परिचालन
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरेर परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेर परिचालन गरेको छ। टोलीले शनिबारदेखि घटनास्थल वरिपरिका बासिन्दासँग सोधपुछ, ...

पेस्तोल र चार लाख ७८ हजार नगदसहित खाेटाङका एक युवक प्रहरीको फन्दामा

पेस्तोल र चार लाख ७८ हजार नगदसहित खाेटाङका  एक युवक प्रहरीको फन्दामा
खोटाङ जिल्ला साकेला गाउँपालिका–१ घर भई हाल धापाखेलमा बसोबास गर्दै आएका २३ वर्षीय शिवकुमार बि.क.लाई बिहीबार राति करिब २:५० बजे पक्राउ गरिएको हो। स्थानीयले उनी मद्यपान गरी हो–हल्ला गरेको जानकारी दिएपछि धापाखेल प्रहरी प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्दा बि.क.को कम्मरमा रहेको ब्यागभित्र हतियार फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ५००००४९१ नम्बरको म्याग्जिन सहितको गोली नभएको चाइनिज प...

“जेन्जी आन्दोलनले देश हल्लायो, बुढीगंगाले देखायो शान्तिको उदाहरण”

“जेन्जी आन्दोलनले देश हल्लायो, बुढीगंगाले देखायो शान्तिको उदाहरण”
बुढीगंगा (मोरङ) — देशभर जेन्जी समूहको आन्दोलनका कारण अधिकांश स्थानीय तह र सरकारी कार्यालयहरूमा तोडफोड तथा अराजक गतिविधि चलेको बेला मोरङको बुढीगंगा गाउँपालिका भने शान्त र सुरक्षित रह्यो। गाउँपालिका शान्त रहनुको श्रेय स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायबीचको सुदृढ समन्वयलाई जानेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बताउनुभयो। शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएक...

नर्भिकले बढायाे नर्सहरूको तलब

नर्भिकले बढायाे नर्सहरूको तलब
निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब रु ३७,००० (सैँतीस हजार) कायम गरिएको हो । नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो । अस...

शुक्रबारदेखि बेपत्ता अमिना खातुन आज पोखरीमा मृत अवस्थामा फेला

शुक्रबारदेखि बेपत्ता अमिना खातुन आज पोखरीमा मृत अवस्थामा फेला
सुनसरी/ देवानगंज मानिकपुरकी अमिना खातुन (गफार अंसारीकी छोरी, घुस्की वडा नम्बर ७ निवासी) जो शुक्रबार साँझदेखि परिवारसँग सम्पर्कविहीन थिइन्, आज मृत अवस्थामा फेला परेकी छन् । स्थानीयवासीहरूको सक्रिय खोजीपछि उनको शव हरिनगर गाउँपालिका वडा नम्बर ६, घुस्की स्थित एक पोखरीमा भेटिएको हो। परिवारले हिजो मात्र हराएको जानकारी सार्वजनिक गरेको थियो ।