मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गर्दा उनको पनि सरुवा भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको धनुषा सरुवा भएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर पठाइएको छ ।
बर्दियामा कार्यरत सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटमा कार्यरत विनोद कुमार खड्कालाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ ।सुनसरीमा बासुदेव घिमिरे आएका छन् । झापामा शिवराम गेलाललाई पठाइएको छ ।


















