आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै
काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ ।
‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर...