कोरोनाबाट विश्वभर २४ हजार ७३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
विराटनगर / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आजसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ७३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ५ लाख ३१ हजार ८ सय ४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ४ लाख ७ हजार ८ सय ६२ व्यक्ति हाल उपचारारत छ...








