मोरङ  / मोरङको   वुढिगंगा गाउँपालिका वडा न:१ को टापु टोल र खाप टोलको  बस्तीमा  नेकपाका एक नं प्रदेश कमिटि सदस्य युवा नेता जीवन आचर्य ज्यू को  पहल तथा समन्वयमा   कोरोना भाईरस (कोभिड–१९) को बारेमा सचेतना कार्यक्रमका साथै हात धुने सावुन निशुल्क  बितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएकोले  सुकुमबासी बस्तीहरु लगाएतमा हात धुने सावुन आइतबार बितरण गरेको हो ।

रोग भगाउँनको लागि आतिएर भन्दा पनि आत्मबललाई बलियो बनाउँन र सबैले आ आफ्नो घर बाटै सचेतना जगाउन सक्नु पर्नेमा  स्थानिय युवा नेता सामाजिक अगुवा कपिल सुनवारले  जोड दिएका छन् ।

 

तपाईको प्रतिक्रिया