विराटनगर / विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट आजसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ७३ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ५ लाख ३१ हजार ८ सय ४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा एक लाख २३ हजार ९ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ४ लाख ७ हजार ८ सय ६२ व्यक्ति हाल उपचारारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । हाल ८० हजार ५ सय ७९ जना सङक्रमित रहेका छन् । १० हजार ६ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । हाल ५७ हजार ७ सय ८६ जना सङक्रमित रहेका छन् । ७ हजार १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३ सय ४० जना सङ्क्रमित रहेका छन् भने ७४ हजार ५१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै अमेरिकामा सवै भन्दा बढि ८५ हजार ३ सय ७७ जना सङ्क्रमित रहेकोमा १ हजार ८ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।

नेपालमा भने ३ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया