खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो ।
“खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...