विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो
प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशिष्ट कक्ष प्रयोग गर्न जाने क्रममाउनलाई प्रवेशमा रोक लागाएर सुरक्षाकर्मीले बाहिरको बाटोबाट पठाएका थिए।
‘विशिष्ट कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन। तर पूर्व जानकारी नदिई किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको हो,’पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्रीस...











