खोटाङ / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिकाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना तथा गाउँपालिका पाश्र्व चित्र निर्माण  गरी राजस्व सुधार कार्ययोजना निर्माण कार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो बनेको छ ।

गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी पाँच लाख बजेट र हेल्भेटासको प्राविधिक सहयोगमा तयार भएको आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना र गाउँपालिका पाश्र्व चित्र शुक्रबार हेल्भेटास नेपालका प्रतिनिधि बद्री मान्धरले गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईलाई  हस्तान्तरण गरेका छन् ।

राजस्व सुधार कार्ययोजनाले संकलन राजस्वलाई कसरी पारदर्शी ढंगले खर्च गर्ने,राजस्व कसरी संकलन गर्ने,आर्थिक स्रोत, साधन कसरी जुटाउने, कसरी वजेट निर्माण गर्ने लगायतमा सहयोग गर्नेछ ।

यस्तै  गाउँपालिकाको घरधुरी कती, जनसंख्या कती , जनजाति, दलित,  महिला/पुरुष/तेश्रो लिङगीको जनसंख्या, उमेर अनुसारको जनसंख्या, गरीवीको रेखामुनी रहेका संख्या लगायतको सम्पुर्ण खाका पाश्र्व चित्रमा समेटिने छ । गाउँपालिकाका राजनीतिक दल, वुद्धीजीवि, सरोकारवाला लगायतको सहभागितामा  कार्ययोजना तथा पाश्र्व चित्र तत्काल लागू भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया