काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बनेरै देखाउने अठोट गरेका छन् । त्यो पनि अहिलेकै संसद्बाट बर्दियाबाट निर्वाचन हार्नु भएका वामदेव किन यसरी उचालिनु भयो ? यसका पछि ठूलै रणनीतिले काम गरेको देखिँदै छ । वामदेव प्रधानमन्त्री बन्न निकै कठिन छ । त्यसका लागि उहाँ कि त संसदीय निर्वाचन जितेर आउनु पर्यो कि त राष्ट्रिय सभा सदस्य बनेर संविधान संशोधन गरेर बढ्नुपर्यो ।

निर्वाचनमा उठ्न कुनै पनि क्षेत्रको प्रतिनिधिसभामा सिट खाली गरेर निर्वाचन जित्नु पर्छ । उहाँका लागि सिट खोली गरेर निर्वाचन जित्नुपर्छ । उहाँका लागि सिट छाड्न नेता तयार नभएका पनि होइनन् । तर, गौतम निर्वाचनमा आफूमाथि अन्र्तघात हुने भ्रएकाले त्यो बाटो रोज्न तयार हुनुहुन्न । उहाँ राष्ट्रिय सभामा राष्ट्रपतिद्वारा मनोनीत हुने र संविधान संशोधन गरी अघि बढ्न चाहनुहुन्छ । यसलाई धेरैले असम्भव ठानेका छन् ।

तर, गौतम यसरी लाग्नु भएको छ कि यसलाई सम्भव तुल्याउँदै हुनुहुन्छ । विगतमा दुई स्थानबाट निर्वाचन हार्नु भएका माधव नेपाल प्रधानमन्त्री बनेको इतिहास छ ।त्यतिबेला संविधानमा संसद्ले चुन्ने जो कोही प्रधानमन्त्री बन्न सक्ने प्रावधान थियो ।  जस्केलाबाट माधव प्रधानमन्त्री बनेको हुनाले नै पछिल्लो समय संविधानमा प्रतिनिधि सभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरियो । यही प्रावधान हटाउन वामदेव लागि पर्नु भएको छ । विमर्श साप्ताहिकबाट ।

तपाईको प्रतिक्रिया