अस्पतालले लिन छाडे बिरामी
विराटनगर : सुनसरीको देवानगञ्ज–३ का प्रल्हाद शर्माका २ वर्षीय छोरा सुशान्तलाई कुकुरले टोक्यो। त्यही कुकुरले टुनटुन शर्माका २ वर्षीय छोरा रागवलाई पनि टोक्यो। रेविजविरुद्धको खोज लगाउन सुशान्त र रागवलाई अभिभावकले शुक्रबार विराटनगरको कोसी अस्पताल ल्याए।
तर, अस्पतालले कोरोना संक्रमणको कारण देखाउँदै उपचार गर्न नसकिने भन्दै फर्काइदियो। धेरै ठाउँबाट दबाब आएपछिमात्र चिकित्सक एन्टिरेविज भ्याक्सिन लगाउन तय...