फेरि भरिन थाले अस्पतालका शैय्या
काठमान्डाैं / कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।
यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचारर...











