प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित एक स्थानीय तहका नगर प्रमुख (मेयर) आफ्नो कार्यकक्षभित्रै पियन (कार्यालय सहयोगी) सँग मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको छ ।

धनुषा जिल्लाको विदेह नगरपालिकाका मेयर बेचन दासले नगरपालिकाको कार्यालयमा काम गर्ने कार्यालय सहयोगी (पियन) सँग आफ्नो कार्यकक्षमै मालिस गराइरहेको तस्बिर यति बेला सामाजिक सञ्जालमा हालिएपछि चौतर्फी आलोचना भएको छ ।

मेयर दासलाई कार्यकक्षमै सोफामा बसेर मालिस गरिरहेको व्यक्ति सोही कार्यालयका पियन करन दास हुन् । भित्रबाट चुकुल लगाएर दाससँग दासले मालिस गराइरहेको अवस्थामा उनकै आसपासका एक जनाले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।

तपाईको प्रतिक्रिया