विराटनगर / प्रहरी जवान पदको परीक्षामा ६ जना नक्कली परीक्षार्थी फेला परेका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरले लिइरहेको परीक्षामा सहभागी उनीहरुलाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अरूको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई बुधबार पक्राउ गरेर तालिम केन्द्रले आवश्यक कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई रहेका छन्।

सूर्यले संगम र सागरसँग एक लाख १८ रूपैयाँ तथा सरोजसँग दुई लाख रूपैयाँ लिएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अन्तर्वार्तामा पनि सूर्य आफै परीक्षार्थी बनेर सहभागी भएको खुलेको छ ।

परीक्षार्थी तयार पार्ने काम राजकुमारले गरेको डीएसपी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया