दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक
करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन्।
असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्।
मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित छ, हामी ...











