विराटनगरको यातायात कार्यालयमा नक्कली भौचर बनाएर ठगी गर्ने पक्राउ
विराटनगर / बैंकको भौचर नक्कली बनाएर यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा रकम ठगी गर्ने दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यालय दलालीको काम गर्दै आएमध्ये विराटनगर महानगरपालिका–४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम पक्राउ परेका हुन् । नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा ठगी गरेको पाइएपछि उनीहरुविरुद्ध कार्यालयले...










