सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ ।

केहि दिन पानीको बहाव घटेपनि पहाडी जिल्लामा बर्षात भएसंगै आज गरिएको मापन अनुसार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार १ सय क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिनुभयो ।

सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मानिन्छ । सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत सप्तकोशीका ५६ मध्य २६ मात्र ढोका खेलिएका छन् ।

सप्तकोशीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोसी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ ।

पानीको बहाव उच्च भएपछि सप्तकोशीमा खतराको रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ ।

तपाईको प्रतिक्रिया