नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमितको संख्या १४ हजार नाघ्यो
बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा थप ६० जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज

नेपालमा थप ६० जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज
पछिल्लो २४ घण्टायता नेपालमा थप ६० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६० जना कोरोनामुक्त भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज ९ महिला र ५१ पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ३ हजार १९४ पुगेको छ ।

विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ८९७ पुगे

विश्वमा कोरोना : संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ८९७ पुगे
विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टमा १ लाख ६० हजार ३६३ जना संक्रमित भएको वल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ८९७ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५२३ पुगेको छ । यो समाचार तयार पार्दासम्म संक्रमणबाट उपचारपछि ...

एमसीसीको म्याद थप्ने सहमति

एमसीसीको म्याद थप्ने सहमति
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो। सोहीअनुसार एमसीसी तयार भएको हो। राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ। मिलेनियम च्यालेन्...

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो
नयाँदिल्ली । प्रधानमन्त्री केपी ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनम...

विराटनगरमा दुबईबाट आएकी एक युवतीमा कोरोना संक्रमण

विराटनगरमा दुबईबाट आएकी एक युवतीमा कोरोना संक्रमण
दुबईबाट विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुबईबाट ९ असारमा विराटनगर आएकी २५ वर्षीय युवतीमा कोरोना पोजिटिभ देखिएको हो । उनी दुबईबाट काठमाडौं हुँदै विराटनगर आएकी थिइन् । संक्रमण पुष्टि भएकी युवती विराटनगर– ७ की बासिन्दा रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा युवतीमा कोरोना पोजिटिभ द...

विराटनगरको कोशीबाट ८ महिने बालिका सहित १४ जनाले जिते कोराना

विराटनगरको कोशीबाट ८ महिने बालिका सहित १४ जनाले जिते कोराना
विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् ।डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म उनीहरु भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए । प्र...

प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,

प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न षड्यन्त्र गरिएको आरोप लगाएका छन् । मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेपछि भारतले भारतीय मिडियामार्फत् आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै त्यो प्रयास ...

प्रधानमन्त्रीबाट षड्यन्त्र भयो, प्रधानमन्त्री ओलीले दिए भारतलाई चेतावनी,

बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामसँग मागी विवाह

बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामसँग मागी विवाह
अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ बिहे सम्पन्न गर्ने गरेका छन्। अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ।लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको ...