पछिल्लो २४ घण्टायता नेपालमा थप ६० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६० जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज ९ महिला र ५१ पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ३ हजार १९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया