दुबईबाट विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुबईबाट ९ असारमा विराटनगर आएकी २५ वर्षीय युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

उनी दुबईबाट काठमाडौं हुँदै विराटनगर आएकी थिइन् । संक्रमण पुष्टि भएकी युवती विराटनगर– ७ की बासिन्दा रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा युवतीमा कोरोना पोजिटिभ देखिएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया