अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ बिहे सम्पन्न गर्ने गरेका छन्। अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमूनाका रुपमा प्रस्तुत हुन थालेको छ।लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौं चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ। दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो। केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको हो।
अन्तरजातीय विवाह गरेको निहुँमा दुखद घटनाका समाचारहरु हामीले सुन्दै आएको समयमा यो मागी विवाहले भने पक्कै समाजमा सकारात्मक सन्देश दिएको छ ।























