नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २६ सय ९८ पुग्यो

नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २६ सय ९८ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ४८जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार थप ४८ जना कोरोनामुक्त भएका हुन् । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज ८ महिला र ४० पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिए । यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, ११ हजार ७ सय ५५ पुगे संक्रमित

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, ११ हजार ७ सय ५५ पुगे संक्रमित
शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

विश्वमा कोरोना : विश्वमा ९७ लाख बढी संक्रमित, ४ लाख ९१ हजारको मृत्यू

विश्वमा कोरोना : विश्वमा ९७ लाख बढी संक्रमित, ४ लाख ९१ हजारको मृत्यू
विश्वमा कोरोना भाइरसका कारण ९७ लाख बढी व्यक्तिहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् । विश्वका २ सय १५ मुलुकका ९७ लाख १० हजार २ सय ५ जना व्यक्ति कोरोना संक्रमित रहेका छन् । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् । यो सँगै विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार ७ स...

नेपाल र चीनबीच सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय

नेपाल र चीनबीच सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय
 परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइ...

१२ दिनमा गयो १७ जनाको ज्यान, मुलुकभर बाढीपहिरोको जोखिम

१२ दिनमा गयो १७ जनाको ज्यान, मुलुकभर बाढीपहिरोको जोखिम
काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन् । यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्...

प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश लिखित जवाफका साथ आफै अदालतमा हाजिर हुन

प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश लिखित जवाफका साथ आफै अदालतमा हाजिर हुन
सर्वोच्च अदालतले अदालती अवहेलनासँग सम्बन्धित मुद्दामा जवाफका साथ आफै उपस्थित हुन प्रधानमन्त्री केपी ओलीलाई आदेश दिएको छ । कोरोना महामारीका समयमा अदालतले दिएको सात वटा आदेश कार्यान्वयन नगरेको भन्नेसम्बन्धमा परेको मुद्दामा जवाफ दिन आउन प्रधानमन्त्रीलाई सर्वोच्चले आदेश दिएको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेश...

नेकपा स्थायी समिति बैठक आज, एमसीसी अनुमोदनलाई थप समय मागिने

नेकपा स्थायी समिति बैठक आज, एमसीसी अनुमोदनलाई थप समय मागिने
काठमाडौं । पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद असार १६ मा सकिँदैछ। नेकपाले यस विषयमा पार्टी स्थायी समिति वैठकमा छलफलको तयारी...

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी
बिराटनगर / प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्थ...

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक

कोरोना उपचारमा खटिएका डाक्टरको हातः जसले सारा मानिसलाई बनायो भावुक
कोरोना महामारीमा बिश्वभर डाक्टर अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो अमूल्य योग्दान दिइरहेका छन् । केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहारको अवस्थाले निकै चर्चा पायो । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीक...

कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च

कोरोना नियन्त्रणमा प्रदेश १ मा १९ करोड खर्च
प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको रकम सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सा...