पछिल्लो २४ घण्टामा नेपालमा थप ४८जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार थप ४८ जना कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज ८ महिला र ४० पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।























