विश्वमा कोरोना भाइरसका कारण ९७ लाख बढी व्यक्तिहरु संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७५ हजार नयाँ संक्रमित थपिएका छन् ।

विश्वका २ सय १५ मुलुकका ९७ लाख १० हजार २ सय ५ जना व्यक्ति कोरोना संक्रमित रहेका छन् ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ५ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९१ हजार ७ सय ८३ पुगेको छ ।

कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् ।

केही समययता अमेरिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजारभन्दा बढी कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार अघिल्लो दिनको तुलनामा ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् ।

ब्राजिलमा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

ब्राजिलमा १२ लाख ३३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिका, ब्राजिल र रसियापछि भारतमा धेरै कोरोना संक्रमितको संख्या पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया