न्यायाधीश रामेश्वर रेग्मीको निधन

न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा ...

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड

अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्नेमा जोड
विराटनगर / अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने बताए । समतामुलक र न...

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह
काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगर प्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गरेका हुन...

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय : विदेशी नागरिकसहित तीन जना पक्राउ
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ । विश्व...

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा महिला, बालबालिका मन्त्रालयमा सरुवा ...

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औ‌ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए । ‘शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्...

कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित

कुलमानविरुद्ध हितेन्द्रको रिट पेशीमै नचढी थन्कियो, तीनदेखि सुनुवाइ अनिश्चित
काठमाडाैं । बहुप्रतिक्षित हितेन्द्र देव शाक्यले तीन वर्षअघि सर्वोच्च अदालतमा दिएको मुद्दाको सुनुवाई आज (बुधबार) पनि स्थगित भएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि दायर गरेको रिट आज पनि सुनुवाइ नहुने सूचीमा चढेको हो । यो रिट बुधबार पेशीका लागि तोकिएको थियो । तर ...

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई सरकारले ५ लाख दिने

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई सरकारले ५ लाख दिने
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । अगष्ट १९ तारिख (भदौ ३ गते) मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले सम्मान गर्ने भएका हुन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट ...

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय
काठमाडौं / भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको ह...

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
स्याङजा । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् । अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । ‘अ...