नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने

नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य प्रतियोगिता हुने
पर्यटकीय राजधानी पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो । गगन नेवाःखलःले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः ...

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा लगायो ताला
तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका व्यापारीको गोदाममा ताला लगाइदिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ संकलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशन...

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ

गोली हानी हत्या गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भइ फरार रहेका एकजना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।  धनुषा सवैला नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पवन महतोलाई प्रहरीले बिहीबार प्रकाउ गरेको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको छ। २०६५ सालमा धनुषा सबैला नगरपालिका वडा नम्बर १३ बस्ने नागेन्द्र यादवको गोली हानी हत्या गरी फरार रहेका थिए।  सर्वोच्च अदालतले २०८० /१०/०८ गते महतोलाई जन्मकैदको सजायको फैसल...

किन टाँसिन्छ नागको तस्बिर घरको मूल ढोकामा ?

किन टाँसिन्छ नागको तस्बिर घरको मूल ढोकामा ?
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यसरी नागको तस्बिर टास्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले ...

एकै दिन १५ सयले बढ्यो सुनको मूल्य

एकै दिन १५ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी ...

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ

ज्वरो र झाडापखालाका बिरामी बढे, अस्पताल भरिभराउ
सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लाग...

कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार

कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार...

आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा
कोशी प्रदेश सरकारले आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले भोलि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्य...

रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन

रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन
दोलखाका निर्माण व्यवसायी मानबहादुर तामाङले पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् । नाम्दु गाउँमा तामाङले सुरु गरेको ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट रोपेको तेस्रो वर्षमै १० लाख बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए। तामाङ भन्छन्, ‘खेती सुरु गरेको करिब २७ महिना भयो ६ रोपनीबाट सुरु भएको खेतीलाई  अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु।’  खेती थालेको १६ महिनामै ...