निजी विद्यालयलाई नियमन र सामुदायिकलाई प्रोत्साहन आवश्यक : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएकाछन् ।
चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक धारणा व्यक्...











