विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा, २३० स्टल भरिए
विराटनगर । मोरङ उद्योग व्यापार संघद्वारा विराटनगरमा आयोजना हुन लागेको विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। संघका सचिव तथा एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोका लागि निर्माण गरिएका सबै २३० स्टल हाउसफुल भएका छन्।
पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एक्स्पो विराटनगर महानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली जग्गामा आयोजना हुँदैछ। एक्स्पोमा नेप...











