होसियार ! हङकङमा कुकुरमा पनि देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् । यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।
पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थिय...











