इटहरी / मृतकका नाममा किर्ते औंठाछाप बनाई जग्गापास गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका दुई सरकारी कार्यालयका कर्मचारी सहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

उनीहरूमाथि निधन भएकी धरान उपमहानगरपालिका -१० की रनमाया लिम्बूको गलत औंठाछाप लगाई जग्गा बेचेको आरोप छ।
अख्तियारले मालपोत अधिकृत दधिराम गुरागाईं, नासु मनोज घिमिरे, खरिदार कृष्णप्रसाद नेपाल र रामप्रसाद भट्टराई, इटहरी नगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमाल, साक्षी गोविन्द कोइराला, लेखापढी व्यवसायी पुस्कर पोखरेल र रत्नदेवी लिम्बूविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्धा दायरसंगै इटहरी उपमहानगरपालिका र मालपोतका बहालवाला कर्मचारीहरु निलम्बनमा परेका छन ।


















