ट्रिपर आ’तंक रोक्नु पर्ने माग गर्दै मोरङको पुष्पलाल विराटचोक सडकखण्ड स्थानीयले अ’वरुद्ध गरेका छन् । गए राति सो सडक खण्डको विराटनगर महानगरपालिका वडा नं. १९ मा विपरित दिशाबाट आउदैगरेको ट्रिपरले अटोरिक्सालाई ठ’क्कर दिदा २ जनाको घट’नास्थल मै मृ’त्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

अटो चालक बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घ’टनास्थलमै मृ’त्यु
सो घट’नामा मोरङको ग्रामथान गाउँपालिका वडा नंं २ का अटो चालक बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घ’टनास्थलमै मृ’त्यु भएको थियो । स्थानीयले ट्रिपर ज’लाउनुका साथै बाटो अवरुद्ध पारेपछि स्थिति त’नावपूर्ण रहेको छ ।

उनीहरुले पी’डितलाई क्ष’तिपूर्ति र पुष्पलाल विराट चोक मार्गमा टिपरलाई प्र’तिबन्ध लगाउनुपर्ने माग गरेका छन् । उनीहरुले सो सडक खण्डमा ट्रिपरको ठ’क्करबाट धेरै जनाले ज्या’न गु’माईसकेको हुनाले ट्रिपर चल्न नदिने भन्दै जलि’रहेको ट्रिपरमा ढुंगा मुढा समेत गरेका छन् ।
ट्रिपर चालक हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया