काठमाडौँ । चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएको छ ।

सोमबार आएको रिपोर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड(१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएको हो । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड(१९ को संक्रमण नेगेटिभ देखिएको हो । १६ दिन क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया