भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जो’खिममा रहेको बताएसँगै सरकारले यसको रोकथामका लागि तयारी तीव्र पारेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोक्थामकालागि विभिन्न रणनीति अगाडि सारिएको छ ।

इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक

यस्ता छन् सरकारले अघि सारेका रणनिती

नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी ।
भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय ।
सगरमाथा संवाद सहित नेपाल सरकारले गर्ने विभिन्न कार्यक्रम स्थगित ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने ‘भिजिटर पास’ वितरण बन्द ।

विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान ।
यात्रुलाई ल्याउन र पु¥याउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ।
खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिइने ।
विभिन्न भोज भतेर तथा ठूला जमघट नगर्न आग्रह ।
सार्वजनिक स्थानमा भी’डभाड कम गर्न आग्रह ।

कोरोना रो’कथामको कदम चाल्न भन्दै सर्वोच्चद्धारा अन्तरिम आदेश ।
इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक ।
देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा निर्देशन ।

यता, सांसदहरुले नेपाल कोरोना भाइर’सको उच्च जोखि’ममा रहे पनि सतर्कता नअपनाएको भन्दै सरकारको आ’लोचना गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कोरोना भाइ’रस सं’क्रमण फैलिएको देशबाट आउने यात्रु पनि विना चेकजाँच नेपाल प्रवेश गरिरहेको भन्दै भया’वह स्थिति आउनेतर्फ सचेत गराएका हुन ।

तपाईको प्रतिक्रिया