झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु
सुनसरीको झुम्का कारागारमा बुधबार साँझ थप एक जना बन्दीको मृत्यु भएको छ ।
सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझमा मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।यादवलाई ज्वरो आएपछि बुधबार साँझ ५ ५ः ३० बजेतिर सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको थियो । अस्पताल भर्ना भएपछि श्वासप्रश्वासमा समस्या थपिएको र उपचारकै क्रममा यादवको मृत्यु भएको ...











