प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज, सम्पूर्ण तयारी पुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो ।
शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिनुभयो । युरोलोजिस्ट...










