भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो ।नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्या’न्सरपीडि’त परशुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आई’सीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आ’ईसीयूबाटै आर्शिवाद दिए ।

नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्स’र रोगको उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आ’इसीयू पुगेका थिए ।

छोरीज्वाइँलाई आ’ईसीयूभित्र देख्नेवित्तिकै सकीनसकी परशुरामले दुईहात जोडेर नमस्कार गरे । केही मुस्कुराउने प्रयास गरे ।जिब्रोमा क्या’न्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दुनोमा ल्याइएको टीका पालैपालो लगाएर छोरीज्वाइँलाई आर्शिवाद दिए ।

बुबाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि बुबालाई सञ्चो हुन्छ भन्दै ढाढस दिए, छोरीज्वाइँले । ‘बुवा नआत्तिनुस्, हजुरलाई ठीक हुन्छ, पर्सि फर्किएर छिट्टै भेट्न आउँछौं’ भन्दै छोरीज्वाइँले गरेको वाचा पूरा हुन पाएन । छोरीज्वाईलाई विदाई गरेकोे झण्डै १७ घण्टापछि परशुरामले प्रा’ण त्या’गे ।

डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलकाअनुसार बिहेकै दिन छोरीज्वाइँ अस्पतालमा आउने पूर्वजानकारी थिएन । सामान्यतः अस्पतालको आईसीयुभित्र त्यसरी जान दिन मिल्दैनथ्यो । ‘तर, उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन,’ डा. सिग्देलले भने, मानवीय संवेदनाको कुरा पनि भयो ।’

विगत दुई बर्षदेखि जिव्रोको क्या’न्सरबाट पी’डित बनेका ६० बषर्ीय परर्शुरामका एक छोरा र तीन छोरी छन् । तीमध्ये कान्छी छोरी हुन् शान्ता । कान्छी छोरीलाई ज्वाइँको हातमा सुम्पिएर म’र्ने धोको थियो उनको ।

शान्ता र सुवासको विवाह फागुन १५ गते गर्ने तय भएको थियो । तर बुवाको अवस्था जटिल बनेका कारण दुबैतर्फका परिवारको सहमतिमा ११ गते नै बिहे गर्ने निधो भएको थियो ।

छोरीज्वाइँलाई टीका लगाएर आर्शिवाद दिएको भोलिपल्टै भट्टराईलाई छातीको दायाँ भागबाट निमो’निया फैलिएको डा. सिग्देलले बताए । ‘निमो’निया यति छिटो फैलियो कि बचाउन सकिएन, १२ गते राति झण्डै १२ बजे उहाँको नि’धन भयो’ डा. सिग्देलले भने ।

तपाईको प्रतिक्रिया