प्रतिनिधिसभाको अध्यक्षता ठाकुरलाई गराउने तयारी, बैठक शुक्रबार १ बजेका लागि आह्वान
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई शुक्रबार राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाले तयारी गरेको छ । सोहीअनुसार संसद सचिवालयले पनि तयारी थालेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान सभामुख कसलाई बनाउने भन्नेबारेछलफल हुने भएको छ। दाहाल चितवनबाट फर्किए लगत्तै बालुवाटारम...











