काठमाडौं। सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६-७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ ।उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ ।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दु’र्घटनामा १८ जना घाइते भएका छन् । घा’इतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया