सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया
काठमान्डाैं / सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।
द्वन्द्वपीडितले सूर्य्किरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका ...










