इटहरी । पत्रकार डेकेन्द्र थापाको हत्यारा समात्नुका साथै ईटहरीमा फस्टाएको यौनधन्दा सखाप पार्न सफल भएका डिएसपी बिनोद शर्मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आउने भएका छन ।

ध्रुबे नामले परिचित भएका शर्मा सुनसरीमा डिएसपीका रुपमा आउन लागेका हुन । इटहरीमा बस्दा यौनधन्दा निमिट्यान्न पारेका डिएसपी शर्मा अपराध अनुसन्धानमा अब्बल मानिने र उनी जहाँ गए पनि उत्कृष्ट काम गदै चर्चित बन्ने गरेका छन । कालिकोट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शर्माको जिल्ला प्रहरी कार्यलय सुनसरीमा सरुवा भएको हो ।

केही बर्षअघि सुनसरीको ईटहरीमा ईलाका प्रहरी कार्यलयको जिम्मेवारी सम्हाल्न आएका शर्माले तत्कालीन समयमा देशद्रोहीको आरोप लागेका डा.सिके राउत लाई समात्ने देखि लिएर नेपाली काँग्रेसका नेता हेमकर्ण पौडेललाई हत्कडी सहित ईटहरीको मुख्य बजारमा हिँडाउदै ईलाका प्रहरी कार्यलय सम्म ल्याएर चर्चामा आएका थिए । उनले तत्कालीन समयमा ईटहरीमा फस्टाएको यौनधन्दा निस्तेज समेत पारेका थिए ।

तपाईको प्रतिक्रिया