सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट गए राती करिब ०९ बजे दुई वटा बाइक हराएको छ ।

पुर्वपश्चिम लोकमार्ग देखि करिब १०० मिटर दक्षिण विराटनगर लाइनमा रहेको मेन्छ्याम सहकारी अगाडीबाट उक्त दुई वटा बाइक हराएको हो ।

को ३६ प ३२३ नं को केशव भट्टराईको निलो कलरको एपाची बाइक र मे ९ प ४४० नं को पल्सर १५० को कालोमा रातो मिसिएको सुदिप बास्तोलाको बाइक हराएको हो ।

उक्त दुवै जना उक्त सहकारीको कर्मचारी हुन भने उनिहरु कार्यलयमा काम गरिरहेको अवस्थामा पार्किङमा राखेको बाइक हराएको हो ।

हराएको बाइकको खोजी भईरहेको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । बाइक चोर्दै गरेको अवस्थामा मेन्छ्याम कृषि सहकारीमा भएको सिसि क्यामेरामा उक्त व्यक्तिहरुको तस्विर कैद भए पनि तस्विर प्रस्ट नभएको बाइक धनिहरुले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया