उर्लावारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
बिराटनगर/ नोबेल शिक्षण अस्पतालले मोरङको उर्लावारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव एक हजार बिरामी लाभान्वित भएका छन् ।
उर्लावारी–७ स्थित भृकुटी मोडल एकेडेमीसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरबाट ९ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ६८ जनाको ईसीजी, २ सय ८३ को ल्याव टेष्ट र १ सय ६४ जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ...











