सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गो’ली हा’नेका छन् । सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गो’ली हा’नेको समाचार कान्तपुर दैनिकमा छ ।

प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादवि’वाद भइ राइफ’ल खो’सेर रायले आ’त्मह’त्याको प्रयास

प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार गो’ली लागि सख्त घा’इते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचा’र हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं लगिएको छ। प्रहरी रायले आफ्नै दाहिने कोखा’मा गो’ली हा’नेका छन्।

थप अनुसन्धान भइरहेको एसपी सिग्देलले बताइन्। प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादवि’वाद भइ राइफ’ल खो’सेर रायले आ’त्मह’त्याको प्रयास गरेका हुन्। आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। दुवै प्रहरी अविवाहित हुन्।

तपाईको प्रतिक्रिया