इटहरीमा उपमेयरले हाजिर गरेर टाप कस्ने कर्मचारीलाई गरिन कडाइ
इटहरीः आइतबार इटहरीकी उपमेयर लक्ष्मी गौतम १० बज्नु अगाडि नै कार्यालयमा पुगिन् । उपमेयर १० बज्न १० मिनेट बाँकी रहँदा कार्यालयभित्र छिर्दा ३ जना कर्मचारी मात्र रहेका थिए । कर्मचारी ढिलो आउने आएर पनि बीचमा कार्यालय समयमा कार्यालयमा नभई व्यक्तिगत काममा जाने गरेको गुनासो आएपछि उनी १० बजेभन्दा अगाडि नै कर्मचारीको छड्के निरीक्षण गर्न गएकी थिइन् ।
गौतमले कार्यालय प्रवेशसँगै दैनिक हाजिरी तथा लग बुकलाई ग...











