चीनकाे सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प

चीनकाे सिचुआनमा ६.० म्याग्निच्युडको भूकम्प
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ । तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गए...

चर्चमा बन्दुकधारीले गोली चलाउँदा ५० जनाको मृत्यु

चर्चमा बन्दुकधारीले गोली चलाउँदा ५० जनाको मृत्यु
नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थ...

बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु

बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मृत्यु
भारतको उत्तराखण्डमा आइतबार राति तीर्थयात्री बोकेको एउटा बस खाल्डोमा खस्दा २५ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो। सबै तीर्थयात्री मध्यप्रदेशका हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान...

बंगलादेशमा आगलागी, ३८ को मृत्यु

बंगलादेशमा आगलागी, ३८ को मृत्यु
बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । तीन सयभन्दा बढी घाइते भएको घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख...

गोली चल्दा अमेरिकामा दुई जनाको मृत्यु, १३ घाइते

गोली चल्दा अमेरिकामा दुई जनाको मृत्यु, १३ घाइते
अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको घटनामा अन्य १३ जना घाइते भएका छन् । फिलाडेल्फिया पुलिस डिपार्टमेन्टले भिडभाड भएको स्थानमा एक व्यक्तिले गोली चलाएको जानकारी गराएको सञ्चार माध्यमहरुले जनाएका छन् ।सुरक्षाकर्मीले बन्दुक बरामद भए पनि कुनै व्यक्तिलाई पक्राउ नगरिएको जनाएको छ ।

चिलीमा भेटियो ५ हजार वर्ष पुरानो रुख

चिलीमा भेटियो  ५ हजार वर्ष पुरानो रुख
एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ। आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए। रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । ठूलो फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक ...

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ जना पुरिएको आशंका

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ जना पुरिएको आशंका
इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ। ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ। आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ । इरान...

नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु

नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ । मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि  विगत धेरै वर्षदेखि बिहारलाई ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिँदै आइएको छ । तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा ब...

विद्यालयमा गोली चल्दा २१ जनाको मृत्यु

विद्यालयमा गोली चल्दा  २१ जनाको मृत्यु
अमेरिकाको एक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा २१ जना मारिएका छन् । टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा परी १९ जना विद्यार्थी, एक शिक्षक र आक्रमणकारीको पनि मारिएका हुन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । कानुन पालना गराउने अधिकारीहरूले उन...

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

न्युयोर्कको सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु
न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन । गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउँसो प्रवेश गरेका थिए । एफबीआईले सो गोलीबारीलाई ‘हिंस्रक अतिवाद’भनेको छ । पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटन...