भारतको गौरीकुण्डमा पहिरो: १३ जनाको पहिचान खुल्यो, एकै घरका ७ जना परे

भारतको गौरीकुण्डमा पहिरो: १३ जनाको पहिचान खुल्यो,  एकै घरका ७ जना परे
भारतको केदारनाथ गौरीकुण्डमा पहिरोमा परि जुम्लाको पातारासी गाउँपालिका–३ का एकै घरका ७ जना रहेका छन्। उक्त पहिरोमा धेरै जना बेपत्ता भएको खबर भए पनि यो अहिलेसम्म १३ जनाको मात्रै नाम ठेगाना खुलेको छ । पातारासी गाउँपालिका–३ चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमती २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र ...

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

कुवेतमा पाँच जनालाई मृत्युदण्ड
कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ। प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए। कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गर...

कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु
एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारी वर्षासँगै ठाउँ ठाउँमा ठूला चट्टान खस्दा जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग ६ घण्टा बढी बन्द भएको थियो भने हिरानगर क्षेत्रमा जमिन भासिँदा जम्मु–पठानकोट राजमार्ग अनिश्चितक...

भारतका ५ राज्यमा भारी वर्षा, ७२ घण्टामा ७६ जनाको मृत्यु

भारतका ५ राज्यमा भारी वर्षा, ७२ घण्टामा ७६ जनाको मृत्यु
भारतका हिमाचल, उत्तराखण्ड, दिल्ली, यूपी र पञ्जाबमा ६ दिनदेखि लगातार वर्षा भइरहेको छ । हिमाचल प्रदेशमा २४ घण्टामा ३९ स्थानमा पहिरो गएको छ । ब्यास नदीको बहावका कारण भवनहरु बगेका छन्, पुलहरु भत्किएका छन् । पछिल्लो ७२ घण्टामा भारतका विभिन्न राज्यमा बाढी पहिरोको कारण ७६ जनाको ज्यान गएको छ । यूपीमा ३४, हिमाचलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ । ...

भूकम्पले क्षति पुगेको भवन भत्किँदा नौ जनाको मृत्यु

भूकम्पले क्षति पुगेको भवन भत्किँदा नौ जनाको मृत्यु
ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । सीएनएनका अनुसार ती बालबालिकाको उमेर पाँच, आठ, बाह्र र सोह्र थियो । उद्धारकर्मीले शनिबार बिहान १९ वर्षीय एक युवक...

सेल्फी खिच्दा पानीमा खसेको मोबाइल निकाल्न ताल नै सुकाइदिएपछि…

सेल्फी खिच्दा पानीमा खसेको मोबाइल निकाल्न ताल नै सुकाइदिएपछि…
एजेन्सी । पानीमा खसेको मोबाइल फोन निकाल्न सम्पूर्ण ताल (जलाशय)को पानी नै सुकाइदिएका एक कर्मचारी निलम्बनमा परेका छन् । कुरा भारतको हो । राजेश विश्वास नामका ती सरकारी अधिकारी निलम्बनमा परेका हुन्। उनले सेल्फी लिइरहेको बेला फोन खसेर जलाशयमा परेको थियो । बाँध बाँधेर बनाइएको उक्त जलाशयबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन आदेश दिएर उनले ताल नै सकाइदिएका हुन् । यसरी एउटा फोन निकाल्नका लागि जलाशयको पानी ...

हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु

हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु
जोहानेसबर्ग – दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ। हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ। ...

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरीले जनाएको हाे । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीको सीमांकनका बारेमा आदिवासी जनजाती समूहबीच झडप भएकाे बताइएको छ । बुलन्दरी पहाडको सीमांकनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद भइरहे...

डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । डुंगामा ४० जना सवार थिए । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । खोज तथा उद्धार कार्य जारी छ ।

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या
बिहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन्। जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले  दुख दिएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन्। छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् ...